मुस्ताङमा चितुवाको आक्रमणबाट २२ च्याङ्ग्रा मरे, ३ बेपत्ता

Share:

मुस्ताङ । मुस्ताङमा चितुवाको आक्रमणबाट २२ वटा च्याङ्ग्रा मरेका छन् भने तीन बेपत्ता बनाएको छ ।

घरपझोङ गाँउपालिका–२ निवासी ५४ वर्षीय श्यामप्रसाद लालचनको घरपझोङ गाँउपालिका–१ स्थित थालेवनमा रहेको च्याङग्रा गोठमा रहेका रमा (च्याङग्राको पोथी जाति) लाई हिजो आइतबार राति बाघले आक्रमण गरेर मारेको हो ।

उक्त घटनाको बारे खबर प्राप्त हुनासाथ प्रहरी टोलि उक्त स्थानमा पुगेर अनुसन्धान गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: