भारतमा थप ११ हजार ५६३ जनामा कोरोना पुष्टि

Share:

पोखरा । छिमेकी देश भारतमा थप ११ हजार ५६३ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ११ लाख २३ हजार ६१९ पुगेको वल्र्डोमिटर्सले जनाएको छ ।

तीमध्ये १ करोड ७ लाख ९६ हजार ५५८ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ११ हजार ९९० जना निको भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ८० संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५७ हजार २७५ पुगेको छ ।

हाल भारतमा १ लाख ६९ हजार ७८६ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: