
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको कुल संख्या ११ करोड ४९ लाख ८७ हजार ५४८ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि २ लाख ९० हजार २२५ संक्रमित थपिएका हुन् ।
यस्तै, गत २४ घण्टामा ६ हजार ६०९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २५ लाख ४९ हजार ७३७ पुगेको छ ।
हालसम्म विश्वभर ९ करोड ७ लाख ४३५ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ४ लाख ५५ हजार ५४४ जना निको भएका हुन् ।
हाल विश्वभर २ करोड १७ लाख ३७ हजार ३७६ सक्रिय संक्रमित छन् । ती मध्ये ९० हजार १८३ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ९३ लाख १४ हजार २५४ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ९८ लाख १७ हजार ५३२ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख २७ हजार २२६ पुगेको छ ।
हाल अमेरिकामा ८९ लाख ६९ हजार ४९६ सक्रिय संक्रमित छन् । ती मध्ये १४ हजार ५४५ गम्भिर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।
