देशभर थप ७८ जनामा कोरोना पुष्टि

Share:

पोखरा । देशभर थप ७८ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ३३ महिला र ४५ पुरुष गरी ७८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७४ हजार २९४ पुगेको छ ।

तीमध्ये नेपालमा २ लाख ७० हजार ५४३ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा देशभरबाट थप ७२ जना निको भएका छन् ।

हालसम्म नेपालमा २ हजार ७७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भैसकेको छ । गत २४ घण्टामा भने देशभर कुनै संक्रमितको पनि मृत्यु पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।

अहिले देशभर ९७४ सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ५८ जना छन् ।

मन्त्रालयलका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ४ हजार १२७ परिक्षण भएको छ भने हालसम्म २१ लाख ७० हजार ११२ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: