
पोखरा । पोखरामा मंगलबार थप ११ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार कास्की जिल्लाको पोखरा महानगरपालिकाका ११ जनामा कोरोना देखिएको हो ।
पोखरा महानगरपालिका वडा नं. १ की ४५ वर्षीया महिला, वडा नं. ३ का ५२ वर्षीय पुरुष तथा ४३ वर्षीया महिला, वडा नं. ५ का ५० वर्षीय पुरुष, वडा नं. ९ की २५ वर्षीया महिला, वडा नं.१५ का २० र २९ वर्षीया महिला, वडा नं. १७ की ४५ वर्षीया महिला, वडा नं.१९ की ५७ वर्षीया महिला, वडा नं.२५ का ६३ वर्षीय पुरुष तथा १८ वर्षीया महिलामा कोरोना संक्रमण भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ७० पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप १४ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ६४५ पुगेको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।
हाल प्रदेशभर २१७ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा १९९ जना रहेका छन् ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १६० नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३० हजार ९८४ नमुना परिक्षण भएको छ ।
