
तनहुँ। तनहुँमा मंगलबार प्रहरीले ज्यान मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
२०६२ साउन ११ गते सर्वोच्च अदालतको निर्णयले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएको तनहुँ शुक्लागण्डकी नगरपालिका–८ ढोरफीर्दी निवासी ६० वर्षीया ज्ञानुमाया नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपालीलाई तनहुँ स्थित उनकै घरबाट मंगलबार बिहान ११ः३० बजे पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
