
स्याङजा । स्याङजामा मंगलबार मोटरसाइकलको ठक्करबाट पैदलयात्री बालिका गम्भीर घाइते भएकी छन् ।
आज दिउँसो १२ बजे सिदार्थ राजमार्ग अन्तरगत गल्याङ नगरपालिका–३ नयाँबजारमा चिन्नेपानीबाट वल्फुकतर्फ जाँदै गरेको लु ६ प २६४ नं.को मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री गल्याङ नगरपालिका–८ निवासी १७ वर्षीया बालिका अस्मिता श्रेष्ठ गम्भीर घाइते भएकी हुन्।
गम्भीर घाइते भएकी बालिका श्रेष्ठलाई उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
