
पोखरा । देशभरका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम बुधबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्थानीय वायुको प्रभावले पहाडी भू–भागको मौसम प्रभावित रहेपनि अहिले नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव भने नरहेको मौसमविदले बताएका छन्।
अहिले बिहान देशभर मौसम सामान्यतया सफा छ ।
बुधबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली भइ बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, राति पनि पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
कमेन्ट गर्नुहोस्
