विश्वभर कोरोना संक्रमितको संख्या ११ करोड ५२ लाख नाघ्यो

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको कुल संख्या ११ करोड ५२ लाख ८२ हजार २२६ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ३ लाख ६० हजार २१७ संक्रमित थपिएका हुन् ।

यस्तै, गत २४ घण्टामा ९ हजार १८३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २५ लाख ५९ हजार २२७ पुगेको छ ।

हालसम्म विश्वभर ९ करोड १० लाख ९३ हजार ६५४ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ३ लाख ७९ हजार ८५ जना निको भएका हुन् ।

हाल विश्वभर २ करोड १६ लाख २९ हजार ३४५ सक्रिय संक्रमित छन् । ती मध्ये ९० हजार ६२६ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ९३ लाख ७० हजार ७०५ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ९९ लाख ५ हजार ३२२ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख २९ हजार २१४ पुगेको छ ।

हाल अमेरिकामा ८९ लाख ३६ हजार १६९ सक्रिय संक्रमित छन् । ती मध्ये १५ हजार ८८ गम्भिर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: