
पोखरा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज ५०० रूपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य ८७ हजार ५०० निर्धारण भएको छ ।
यसअघि मङ्गलबार छापावाला सुन तोलामा ८७ हजारमा कारोवार भएको थियो ।
यस्तै, तेजाबी सुन मङ्गलबार तोलामा ८६ हजार ५५० मा कारोवार भएकोमा आज ८७ हजार ५० मूल्य निर्धारण भएको छ ।
यसैगरी, आज चाँदी पनि तोलामा २५ रूपैयाँले वृद्धि भएको छ ।
चाँदीको मूल्य आज एक हजार ३१५ रूपैयाँ निर्धारण भएको छ । मङ्गलबार चाँदी प्रतितोला एक हजार २९० मा कारोवार भएको थियो ।
कमेन्ट गर्नुहोस्
