सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सम्पन्न

335
0
Share:

काठमाडौँ । सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकिएको छ ।

दुबै पक्षको वार्ता टोलीबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक रुपमा पहिलो चरणको वार्ता भएको हो ।

साढे ३ घण्टा भएको उक्त वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिए ।

वार्ता सकिएपछि उनले फेसबुकमार्फत लेखेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।’

मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: