तनहुँको डुम्रे खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु

Share:

तनहुँ । तनहुँको डुम्रे खोलामा माछामार्ने क्रममा एक बालकको करेन्ट लागेर मृत्यु भएको छ ।

बुधबार दिउँसो १२ः३५ बजे बन्दीपुर गाँउपालिका–४ डुम्रे खोलामा केन्द्रीय लाइनको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा स्थानिय १५ वर्षीय बालक स्वरुप तामाङको करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर बेहोस भएका तामाङलाई उपचारका लागि डुम्रेस्थित लक्ष्मी अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: