
स्याङ्जा । स्याङ्जाबाट भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन् ।
बुधबार दिउँसो ३ बजे प्रहरीले आँधिखोला गाउँपालिका–२ बसेबारी निवासी ४० वर्षीय दीपक सुनारलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
घरमा लुकाई छिपाई राखेको अबैध एक नाले भरुवा बन्दुक एक थान, बेरिङ (मोटरसाईकलमा प्रयोग हुने) ३०० थान, बारुद बनाउन प्रयोग हुने सोडा ५०० ग्राम, फलामको टुक्रा १० थान, बारुद १०० ग्राम, सिसाको छर्रा १८५ थानसमेत बरामद गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
पक्राउ परेका सुनार विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
