प्रचण्ड–माधव समूहद्वारा सुवास नेम्वाङसहित ७ जनामाथि कारबाही

559
0
Share:

काठमाडौँ ।  नेकपा प्रचण्ड–माधव समूहले ओली समूहका सुवास नेम्वाङसहित ७ जना नेतालाई कारबाही गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले उपनेताबाट नेम्वाङलाई हटाउने निर्णय गरेको छ । नेम्वाङलाई तीन दिनभित्र उपनेताबाट राजीनामा दिन समेत निर्देशन दिएको छ ।

नेम्वाङसँगै नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरिएको छ । बैठकले सचेतक शान्ता चौधरीलाई पनि पदमुक्त गर्ने निर्णय गरेको हो ।

पार्टी हित विपरीत गतिविधि गरेकाले उनीहरुमाथि कारबाही गरेको बताइएको छ ।

साथै, बैठकले पार्टीको आधिकारिकता विवादमा छिटो निर्णय गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको पनि एक नेताले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: