
पोखरा । देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा बिहीबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी भू–भागको मौसम प्रभावित भएको हो ।
अहिले बिहान प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
बिहीबार दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति पनि देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
