
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको कुल संख्या ११ करोड ५७ लाख ५४ हजार ३९२ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ४ लाख ४० हजार ९६५ संक्रमित थपिएका हुन् ।
यस्तै, गत २४ घण्टामा १० हजार ८३८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २५ लाख ७० हजार ७७१ पुगेको छ ।
हालसम्म विश्वभर ९ करोड १४ लाख ५९ हजार ३९२ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ३ लाख ४६ हजार ५३८ जना निको भएका हुन् ।
हाल विश्वभर २ करोड १७ लाख २४ हजार २२९ सक्रिय संक्रमित छन् । ती मध्ये ९० हजार ४३ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ९४ लाख ५६ हजार ३७७ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ३१ हजार ६५२ पुगेको छ ।
हाल अमेरिकामा ८९ लाख २१ हजार ४०० सक्रिय संक्रमित छन् । ती मध्ये १४ हजार ३५७ गम्भिर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।
