सुनचाँदीको मुल्यमा गिरावट, तोलाको कति पुग्यो?

Share:

पोखरा । नेपाली बजारमा बिहिबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक हजारले घटेको छ ।

आज छापावाला सुनको मुल्य ८६ हजार ५ सय रुपैयाँ गरिएको महासंघले जनाएको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ८७ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ५० रहेको छ ।

यसैगरी, आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १२ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: