पोखराका ८ सहित गण्डकीमा थप ११ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका ८ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

बिहीबार दिउँसो प्रदेशका ३ वटा जिल्लाका ११ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै ८ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, पर्वत र बाग्लुङका एकएक जनामा पनि कोरोना देखिएको छ ।

पोखरा महानगरपालिका वडा नं. ११ का १४ र २४ वर्षीया महिला, वडा नं.२७ का १२ र ८३ वर्षीय पुरुष तथा १९ र ४७ वर्षीया महिला, वडा नं.३० का २२ र ५५ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।

पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ का ३६ र ५० वर्षीय पुरुष एवं बाग्लुङको काठेखोला गाउँपालिका वडा नं.८ की ३८ वर्षीया महिलामा कोरोना देखिएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार १०७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: