विश्वभर ११ करोड ६२ लाख बढीमा कोरोना संक्रमण

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको कुल संख्या ११ करोड ६२ लाख ७ हजार ६४६ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ४ लाख ४६ हजार ७४७ संक्रमित थपिएका हुन् ।

यस्तै, गत २४ घण्टामा ९ हजार ९५५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २५ लाख ८० हजार ७९२ पुगेको छ ।

हालसम्म विश्वभर ९ करोड १८ लाख ७७ हजार ९१० जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ४ लाख ६ हजार ३१९ जना निको भएका हुन् ।

हाल विश्वभर २ करोड १७ लाख ४८ हजार ९४४ सक्रिय संक्रमित छन् । ती मध्ये ८९ हजार ७५२ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ९५ लाख २६ हजार ८६ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ९३ हजार ४४२ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ३३ हजार ६३६ पुगेको छ ।

हाल अमेरिकामा ८८ लाख ९९ हजार ८ सक्रिय संक्रमित छन् । ती मध्ये १३ हजार ९३४ गम्भिर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: