आज विप्लव काठमाडौँमा सार्वजनिक हुँदै, प्रधानमन्त्रीले पनि एउटै मञ्चबाट सम्बोधन गर्ने

628
0
Share:

काठमाडौँ । सरकार र विप्लव समूहबीच सहमति भएपछि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज (शुक्रबार) काठमाडौँमा सार्वजनिक हुँदैछन्।

राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो दुई बजे विप्लव सार्वजनिक हुन लागेका हुन् ।

सभागृहमा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्नेछन् । सोही समारोहमा प्रधानमन्त्री ओली र महासचिव विप्लवबीच सहमति पत्रमा हस्ताक्षरसमेत हुने जनाइएको छ ।

विप्लव समूहलाई केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ को मन्त्रिपरिषद् निर्णयले प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लव सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरिसकेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: