नवलपुरमा एक पुरुष मृत फेला

Share:

पोखरा । नवलपुरमा शनिबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

भारतको मोतीहारी घरभई गैडाकोट नगरपालिका–४ मा डेरा गरी बस्ने २८ वर्षीय अक्सेस सहनी मृत अवस्थामा फेला परेका हुन् ।

घर बनाउने काम गर्दै आएका सहनी शुक्रबार राति खाना खाएर सुतेकोमा शनिबार बिहान ८ बजे उनीसँगै बस्ने साथीले उठाउँन खोज्दा मृत अवस्थामा रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: