
गोरखा । गोरखामा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् ।
गोरखा नगरपालिका–९ दलभञ्याङ स्थित गोरखा आँबुखैरेनी सडकखण्डमा गोरखाबाट लक्ष्मीबजारतर्फ जाँदै गरेको प्रदेश–३–०२–०१३ प ३६१६ नं को मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको ना ३३ प ८६६८ नं.को मोटरसाइकल एक–आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।
घाइते हुनेमा प्रदेश–३–०२–०१३ प ३६१६ नं.को मोटरसाइकल चालक गोरखा नगरपालिका–८ आयुबेर्दिक चोक निवासी ३५ वर्षीय सुरेन्द्र जोशी र ना ३३ प ८६६८ नं.को मोटरसाइकल चालक गोरखा शहीदलखन गाउँपालिका–६ घैरुङ निवासी ३३ वर्षीय मनुराज थापा मगर रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
