पोखरामा लागुऔषधसहित दुई जना पक्राउ

Share:

पोखरा । पोखरामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

शुक्रबार राति १०ः३० बजे पोखरा–३० लेखनाथ पावर हाउस स्थित खटिएको प्रहरीको चेकिङ टोलीले चेकजाँच गर्दा काठमाडौँबाट पोखरा तर्फ आउदै गरेको बा२ख ५४४७ नं.को हाइसमा सवार दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पोखरा–२९ मुसेटुडा निवासी १९ वर्षीय प्रकाश अधिकारी र पोखरा–३० ढुङ्गेपाटन निवासी ३५ वर्षीय राजकुमार मगर रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीले अधिकारीको साथबाट फेनरागन २३ एम्पुल, नुर्फिन २३ एम्पुल र डाइजापाम २३ एम्पुल बरामद गरेको छ भने मगरको साथबाट फेनरागन ३ एम्पुल, नुर्फिन २६ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: