
पोखरा । पोखराको बुलौदीमा स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा एक पुरूषको मृत्यु भएको छ ।
आइतबार बिहान करिब ६ बजे भएको दुर्घटनामा ग५प ८३६४ नम्बरको स्कुटरका चालक ४७ बर्षिय जीतबहादुर राईको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
राई धनकुटा सहिद भुमी गाँउपालिका–१ हुगुवा घर भई कास्की पोखरा–६ बैदाम बस्दै आएका थिए । दुर्घटनामा गम्भिर घाईते भएका राईको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।
ठक्कर दिने स्कुल बसको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
