
पर्वत । पर्वतमा करेण्ट लागेर एक युवा घाइते भएका छन् ।
फलेवास नगरपालिका–३ शङ्करपोखरीस्थित राम माध्यमिक विद्यालयको नयाँ भवन निर्माणको काम गर्नेक्रममा चितवनका २८ वर्षीय बिमल पुर्जाले फलामको पाईप उठाउँदा अचानक बिजुलीको नाङ्गो तारमा छुन गई करेन्ट लागि घाईते भएका हुन् ।
पुर्जाको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीकाअनुसार घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।
कमेन्ट गर्नुहोस्
