
पोखरा । पोखरामा एक मजदुर छतबाट खसेर घाइते भएका छन् ।
आइतबार ११ः३० बजे पोखरा–७ मासबारस्थित उदय अधिकारीको १ तले घरमा काठको काम गर्ने क्रममा पर्सा घर भई हाल पोखरा–९ प्रगती टोलमा बस्दै आएका १८ वर्षीय समीर मियाँ छतबाट खसेर घाइते भएका हुन् ।
घाइते मियाँलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीले घटनाको विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
