देशभर थप ८९ जनामा कोरोना पुष्टि, ४१ संक्रमणमुक्त

Share:

पोखरा । देशभरमा थप ८९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४० जना महिला र ४९ जना पुरुष गरी कुल ८९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७४ हजार ८१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरु मध्ये २ लाख ७० हजार ९२७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ४१ जना संक्रमणमुक्त भएका हुन् ।

हालसम्म नेपालमा ३ हजार ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८७२ रहेको छ । क्वारेन्टीनमा ५५ जना छन् ।

गत २४ घण्टामा देशभरका प्रयोगशालमा ४ हजार ३९९ परिक्षण भएको छ भने हालसम्म २१ लाख ९७ हजार २३५ परिक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: