तनहुँमा चितुवाको आक्रमणबाट बालक घाइते

Share:

तनहुँ। तनहुँमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन् ।

बन्दीपुर गाँउपालिका–१ कौशली छाप निवासी चन्द्रबहादुर चेपाङको ४ वर्षीय अपल चेपाङलाई आइतबार साँझ ७ बजे चितुवाले आक्रकण गरेको हो ।

आफ्नै बारीबाट घर फर्किने क्रममा चितुवाको आक्रमणमा परी घाइते भएका बालकलाई उपचारका लागि डुम्रेस्थित लक्ष्मी अस्पताल लगिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: