
पोखरा । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी क्षेत्रको मौसम प्रभावित भएको हो ।
अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।
मंगलबार दिउँसो गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। अपरान्ह पश्चात गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना छ ।
यस्तै राति पहाडी भू–भागहरुमा आंशिक बदली भई बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना समेत रहेको छ।
