सुनचाँदीको भाउ घट्यो, तोलामा कति पुग्यो?

Share:

पोखरा । स्थानीय बजारमा मंगलबार सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ ।

आज मंगलबार छापावाल सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन तोलामा ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदी तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: