देशभर थप ५९ जनामा कोरोना पुष्टि, १ को मृत्यु

Share:

पोखरा । देशभर थप ५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जना महिला र ३४ जना पुरुष गरी कुल ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७४ हजार ८६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरु मध्ये २ लाख ७० हजार ९८७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ६० जना संक्रमणमुक्त भएका हुन् ।

हालसम्म नेपालमा ३ हजार १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८७० रहेको छ । क्वारेन्टीनमा ५६ जना छन् ।

गत २४ घण्टामा देशभरका प्रयोगशालमा २ हजार ७१५ परिक्षण भएको छ भने हालसम्म २१ लाख ९९ हजार ९५० परिक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: