
पोखरा । पोखराका ११ सहित गण्डकी प्रदेशमा मंगलबार थप १३ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ३ वटा जिल्लाका १३ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ११ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, पर्वत र स्याङ्जाका एकएक जनामा पनि कोरोना देखिएको छ ।
पोखरा महानगरपालिका वडा नं. ५ का ४३ वर्षीय पुरुष, वडा नं. ८ का ७८ वर्षीय पुरुष, वडा नं. १० का १४ वर्षीय पुरुष तथा ६० वर्षीया महिला, वडा नं. ११ का ७० वर्षीय पुरुष तथा ६४ वर्षीया महिला, वडा नं. १४ की २० वर्षीया महिला, वडा नं.२० का ८५ वर्षीय पुरुष, वडा नं.३१ का १६ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला, वडा नं.३३ का ७० वर्षीय पुरुषमा कोरोना देखिएको हो ।
पर्वतका २७ वर्षीय पुरुष एवं स्याङ्जाको पुतलीबजार वडा नं.२ की २६ वर्षीया महिलामा कोरोना संक्रमण भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार १६० पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप १४ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ७६० पुगेको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।
हाल प्रदेशभर १९५ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा १६९ जना रहेका छन् ।
गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा २५८ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३२ हजार ५१६ नमुना परिक्षण भएको छ ।
