पोखरामा टाटा फरईभर न्यू रेञ्जका गाडी सार्वजनिक हुँदै

Share:

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले बीएस ६ मापदण्डयुक्त विभिन्न मोडलका गाडीहरुको प्रि–बुकिङ खुला गरिसकेको छ ।

यसैक्रममा पोखरामा पनि टाटा मोटर्सको विक्रेता दीप मोटर्सले फागुन २८ गते एक समारोहका बीच टाटा फर ईभर न्यू रेञ्जका गाडीहरु सार्वजनिक गर्दैछ । कम्पनीले टाटा नेक्सन, टिगोर, अल्ट्रोज, टियागो र एच फाइभ गाडीहरुको प्रि–बुकिङ खुला गरिसकेको अवस्था छ ।

न्यु फरेवरको अवधारणासहित अत्याधुनिक प्रविधियुक्त, परिमार्जित शक्तिशाली इन्जिनका साथ ग्लोबल एनक्यापबाट सेफ्टी रेटिङमा फाइभ स्टार र फोर स्टार पाएका टाटाका गाडीहरुको प्रि–बुकिङ थालेको कम्पनीले जनाएको छ।

इम्प्याक्ट २.० डिजाइनमा तयार गरिएका टाटाका गाडीहरु हरेक उमेर समुहका ग्राहकहरुको रोजाइमा पर्ने कम्पनीले अपेक्षा गरेको छ । ग्लोबल एनक्यापको रेटिङ अनुसार नेक्सन र अल्ट्रोज फाइभ स्टार तथा टियागो र टिगोर फोर स्टार सेफ्टी रेटेट सबैभन्दा सुरक्षित गाडीहरु हुन् ।

यी गाडीहरु अझै शक्तिशाली इन्जिन तथा उच्च भारवहन क्षमतासहित विशेष रुपमा तयार पारिएको कम्पनीले जनाएको छ । कम्पनीले देशका सबै टाटाको शोरुमहरुबाट प्रि–बुकिङको व्यवस्था मिलाएको पनि जानकारी दिएको छ।

टाटा मोटर्सको डिजल इन्जिन युक्त सवारी उत्कृष्ट हुनेगर्छ ।

कमेन्ट गर्नुहोस्
Share: