आज देशभरको मौसम कस्तो रहन्छ?

Share:

पोखरा । देशका अधिकांश मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम बदली भएको हो ।

अहिले बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।

बुधबार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक बदली रहने छ। अपरान्ह पश्चात देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै, राति देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: