
पोखरा । नेपाली बजारमा बुधबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ सयले बढेको छ ।
आज छापावाला सुन ८६ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाला सुन तोलाको ८५ हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८५ हजार ७५० रहेको छ ।
यसैगरी, आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
