शोकप्रस्ताव पारित गरेर प्रतिनिधि सभाको बैठक चैत ३ गतेसम्म स्थगित

601
0
Share:

काठमाडौँ । प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गरेर आज स्थगित भएको छ ।

दलहरुबीच विवाद नमिलेपछि प्रतिनिधि सभा सदस्य र पूर्व सदस्यको निधनमा प्रस्तुत शोक प्रस्ताव पारित गरेर आगामी चैत ३ गते दिउँसो १ बजेसम्मका लागि संसद बैठक स्थगित गरिएको हो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका दुई जना बहालवाला सदस्य सानु सिवा र सूर्यबहादुर केसी तथा १२ जना पूर्व–सदस्यको निधनमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: