देशभर थप १०४ जनामा कोरोना पुष्टि, ६३ संक्रमणमुक्त

Share:

पोखरा । देशभर थप १०४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ जना महिला र ५८ जना पुरुष गरी कुल १०४ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७४ हजार ९७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरु मध्ये २ लाख ७१ हजार ५० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ६३ जना संक्रमणमुक्त भएका हुन् ।

हालसम्म नेपालमा ३ हजार १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भने देशभर कसैको पनि कोरोनाले मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९११ रहेको छ । क्वारेन्टीनमा ५५ जना छन् ।

गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार ४८८ परिक्षण भएको छ भने हालसम्म २२ लाख ३ हजार ४३८ परिक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: