विश्वभर कोरोना संक्रमितको संख्या ११ करोड ९१ लाख नाघ्यो, अमेरिकामा मात्रै २ करोड ९९ लाख संक्रमित

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ११ करोड ९१ लाख नाघेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ४ लाख ७७ हजार ३०६ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या ११ करोड ९१ लाख १ हजार ४४६ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा ९ हजार ६२६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २६ लाख ४१ हजार पुगेको छ ।

हालसम्म विश्वमा ९ करोड ४७ लाख १४ हजार ९४३ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ३ लाख ९१ हजार ७६२ जना निको भएका हुन् ।

हाल विश्वभर २ करोड १७ लाख ४५ हजार ५०३ सक्रिय संक्रमित छन् । ती मध्ये ८९ हजार ९३२ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ९९ लाख २५ हजार ९०२ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ७ लाख ९७ हजार २९८ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ४३ हजार ७२१ पुगेको छ ।

हाल अमेरिकामा ८५ लाख ८४ हजार ८८३ सक्रिय संक्रमित छन् । ती मध्ये १२ हजार ५०४ गम्भिर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: