मौसमः देशभर बदली, पहाडी क्षेत्रमा मेघ गर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना

Share:

पोखरा । देशभर आज शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकोले मौसम प्रभावित भएको हो।

अहिले बिहान सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

शुक्रबार दिउँसो सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशमा, बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहने छ।

देशको पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: