कोरियामा औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

487
0
Share:

काठमाडौँ । दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु गएको छ ।

बाग्लुङ गलकोट नगरपालिका–११ घर भएका र अहिले कोरियाको थेगु सहरमा राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परि गएको सोमबार मृत्यु गएको हो ।

दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ करिब ६ बजे लडेका थिए । लडेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुर्याइको भए पनि चिकित्सकले मृत घोषणा गरेको थियो ।

अहिले उनको शवलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । मृतकका परिवारलाई खबर गरिएको नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: