
पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ सयले घटेको छ ।
आज छापावाला सुन तोलामा ८६ हजार २ सयमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार छापावाला सुन तोलाको ८६ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोला ८५ हजार ७५० रहेको छ ।
यसैगरी, आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
