निष्ठावान कम्यूनिष्ट एक हुनु पर्ने सांसद बरालको जोड

Share:

पोखरा । गण्डकी प्रदेशका संसाद रामजी प्रसाद बराल (जीवन) ले निष्ठावान कम्यूनिष्टहरु अब एक हुनु बताएका छन्।

माओबादी केन्द्र माछापुच्छ्रे गाँउपालिका ६ वडा कमिटिको भेलालाई शनिबार सम्बोधन गर्दै सांसद बरालले जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नं पनि निष्ठावान कम्यूनिष्टहरु एक हुनु पर्ने बताएका हुन्।

जनतासंग बढेको दुरी कम गराउन अब पार्टीलाई सशक्त्त ढंगले अघि बढाउनु पर्ने सांसद बरालले जनाए । देशमा हाल राजनीतिक संकट आएको उल्लेख गर्दै उनले माओबादी केन्द्रका नेता तथा कार्यकर्ता बिचलन नहुन नभई अघि बढ्न आग्रह गरे । पद र शक्तिको भरमा कम्यूनिष्ट पार्टीका केही तत्व पार्टीबाट बाहिरिए पनि त्यसले सिंगो पार्टीलाई खासै फरक नहुने सांसद बरालको भनाई थियो ।

माओबादी केन्द्र माछापुच्छ्रे गाँउपालिका वडा ६ का कार्यवहाक अध्यक्ष टेक प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रका जिल्ला कमिटि सदस्यहरु प्रविणा अधिकारी, बैकुण्ठ भण्डारी, मोहन दवाडी, वडा कमिटिका सहसचिव पुर्णभन्द्र गौतम, नेता सुनिल दाहाल लगायतले बोलेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: