नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, एमालेमा लागेका नेतालाई कारबाही हुँने

Share:

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहान ११ बजे बस्दैछ ।

बैठकले एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरणबारे अहिलेसम्म भएका प्रगति र आगामी रणनीतिबारे छलफल गर्ने तयारी गरेको छ ।

केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकले सरकारमा रहेका ७ मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो ।

माओवादीबाट गृहमन्त्री बनेका रामबहादुर थापा, उद्योग वाणिज्यमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिंचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीलाई केन्द्रले फिर्ता बोलाउने निर्णय गरेको थियो ।

केन्द्रले निर्देशन दिए पनि माओवादीका सात मन्त्रीसहित २३ जना प्रचण्डसँग बस्न नसकिने भन्दै शुक्रबार नै एमालेमा प्रवेश गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: