
पोखरा । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सयले बढेको छ ।
आज छापावाला सुन तोलामा ८६ हजार ६ सयमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार छापावाला सुन तोलाको ८६ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार १५० रहेको छ ।
यसैगरी, आज चाँदीको मुल्य भने स्थिर रहेको छ ।
शुक्रबार प्रतितोला १२ सय ७० मा कारोबार भएको चाँदी आज पनि सोही मुल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
