देशभर थप ७९ जनामा कोरोना पुष्टि, ७५ संक्रमणमुक्त

Share:

पोखरा । देशभर गत २४ घण्टामा थप ७९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७५ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ९६ हजार ६३० जना महिला र १ लाख ७८ हजार ६८० पुरुषमा कोरोना संक्रमण भएको हो ।

हालसम्म नेपालमा २ लाख ७१ हजार ४०१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ७५ जना संक्रमणमुक्त भएका हुन् ।

हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ३ हजार १४ जनाले भने ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा भने कोरोनाले कसैको पनि ज्यान गएको छैन ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८९५ रहेको छ । क्वारेन्टीनमा ४४ जना छन् ।

गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार ३११ परिक्षण भएको छ भने हालसम्म २२ लाख १८ हजार ७२२ परिक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: