पोखराका ८ सहित गण्डकीमा सोमबार थप १३ जनामा कोरोना पुष्टि, १८ संक्रमणमुक्त

Share:

पोखरा । पोखराका ८ सहित गण्डकी प्रदेशमा आज सोमबार थप १३ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ३ वटा जिल्लाका १३ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै ८ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, तनहुँका ४ जना र पर्वत एक जनामा पनि कोरोना देखिएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ की ४५ वर्षीया महिला, वडा नं.५ की ४८ वर्षीया महिला, वडा नं.११ की ३५ वर्षीया महिला, वडा नं.१३ का ३८ वर्षीय पुरुष, वडा नं.१७ की ९९ वर्षीया महिला, वडा नं.१८ का २० र ६९ वर्षीय पुरुष, वडा नं.२१ का २८ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।

तनहुँको शुक्लागण्डी नगरपालिका वडा नं.८ की ३२ वर्षीया महिला, भानु नगरपालिका वडा नं.९ का ४४ वर्षीय पुरुष, व्यास नगरपालिका वडा नं.९ का ३० वर्षीय पुरुष तथा २६ वर्षीया महिला एवं पर्वतको पैंयू गाउँपालिका वडा नं. ४ का ७५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार २१६ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप १८ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ८५५ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।

हाल प्रदेशभर १५६ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा १३७ जना रहेका छन् ।

गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १०५ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३३ हजार २२ नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: