बागलुङमा भिरबाट खसेर युवकको मृत्यु

Share:

बाग्लुङ। बाग्लुङमा सोमबार भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

सोमबार बिहान ८ः२५ बजे बाग्लुङ नगरपालिका–४ ओडारे चौरस्थित भिरबाट खसेर बागलुङ काठेखोला गाउँपालिका–३ धम्जा घर भई हाल बाग्लुङ नगरपालिका–४ बस्ने २२ वर्षीय गणेश बोहोराको मृत्यु भएको हो ।

छारेरोगको बिरामी समेत रहेका बोहोरा भिरबाट खसेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: