काँकडभित्ताबाट पोखरा आइरहेको बसमा सवार महिलाको मृत्यु

Share:

पोखरा । बसमा यात्रा गरी काँकडभित्ताबाट पोखरा तर्फ आएकी एक महिलाको आज सोमबार मृत्यु भएको छ ।

सङ्खुवासभा सिद्धपोखरी घर भई हाल पोखरा –५ पर्स्याङमा ज्याला मजदुरी गरी बस्ने ४२ वर्षीया जमुना राईको बसमा यात्रा गरी पोखरा आउँदै गर्दा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

हिजो आइतबार काँकडभित्ताबाट पोखरातर्फ आउँदै गरेको ग१ख ९३६८ नं.को बसमा सवार राई दमौली एरियामा आइपुग्दा अचानक बेहोस भई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ल्याइएकोमा सोमबार बिहान ८ः५० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: