
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको कुल संख्या १२ करोड ७ लाख ६४ हजार ९६७ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ३ लाख ३६ हजार ३२७ संक्रमित थपिएका हुन् ।
यस्तै, गत २४ घण्टामा ६ हजार ५५० जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २६ लाख ७१ हजार ७६२ पुगेको छ ।
हालसम्म विश्वमा ९ करोड ७४ लाख ६ हजार ७६४ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ३ लाख ९२ हजार ८३६ जना निको भएका हुन् ।
हाल विश्वभर २ करोड ६ लाख ८६ हजार ४४१ सक्रिय संक्रमित छन् । ती मध्ये ८८ हजार ७३ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड १ लाख ३८ हजार ५८६ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड २२ लाख ८६ हजार ५५१ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ४८ हजार १३ पुगेको छ ।
हाल अमेरिकामा ७३ लाख ४ हजार २२ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार २८६ गम्भिर बिरामी रहेका छन् ।
अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड १५ लाख २५ हजार ४७७ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड १ लाख ११ हजार ९५४ जना निको भएका छन् भने २ लाख ७९ हजार ६०२ जनाको मृत्यु भएको छ ।
हाल ब्राजिलमा ११ लाख ३३ हजार ९२१ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।
त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड १४ लाख ९ हजार ५९५ पुगेको छ ।
संक्रमितमध्ये भारतमा १ करोड १० लाख २५ हजार ६३१ जना निको भएका छन् भने १ लाख ५८ हजार ८९२ जनाको मृत्यु भएको छ ।
हाल भारतमा २ लाख २५ हजार ७२ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
