पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा एक सैनिक जवानको मृत्यु

Share:

पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

सोमबार दिउँसो २ः१५ बजे भएको दुर्घटनामा धादिङ घर भई पोखरा कालिजङ्ग गणमा कार्यरत २३ वर्षीय राजाराम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीकाअनुसार नेपाली सेनाको प्याराग्लाइडिङको नियमित प्रशिक्षणका क्रममा मगरले एसआइभी गर्ने बेलामा फेवातालमा खसेर प्याराग्लाइडिङ दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मगरलाई सेना र सशस्त्र प्रहरीले उद्धार गरी पोखरा ११ रानीपौवा स्थित सैनिक अस्पतालमा लगिएकोमा उपचारको क्रममा साँझ करिब ४ः४५ बजे मृत्यु भएको हो ।

मृतकको शव सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: